कतारबाट आएका एक युवकलाई विराटनगर लगियो

Newslaya Home

कतारबाट आएका एक युवकलाई विराटनगर लगियो

मङ्गलबार ११, चैत २०७६

काठमाडौं । कतारबाट सप्तरीमा आएका एक युवकलाई विराटनगर ल्याइएको छ ।

बिहीबार काठमाडौं आएका सुरुङ्गा नगरपालिका-८ का २७ बर्षीय युवक ज्वरो र रुघाखोकीले सिकिस्त भएपछि विराटनगर ल्याइएको हो ।

आइतबार घर आएका उनलाई ज्वरो र रुघाखोकी देखापरेको थियो । परिवारका सदस्यले क्लिनिकबाट औषधि ल्याएर दिएपनि निको हुन नसकेको वडा अध्यक्ष इनरदेव चौधरीले बताए ।

मंगलबार बिहान कोरोना भाइरसको जस्तै लक्षणहरु देखापरेपछि आफूले प्रहरी परिचालन गरि विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाएको वडा अध्यक्ष चौधरीले बताए ।