सोलुखुम्बुमा एक व्यक्ति मृत फेला

Newslaya Home

सोलुखुम्बुमा एक व्यक्ति मृत फेला

मङ्गलबार ११, चैत २०७६

सोलुखुम्बु । सोलुखुम्बुको जुभिङ सामुदायिक वनमा रहेको खोल्सामा एक व्यक्तिको शव फेला परेको छ ।

गत चैत्र ५ गते घरबाट निस्केका थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका ६० बर्षीय धनबिर कामी सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे जानकारी पाउनसाथ प्रहरीको टोली पुगेर कानुनी प्रक्रिया पुरा गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट समेत अनुसन्धान टोली खटाईएको इलाका प्रहरी कार्यलय लुक्लाले जनाएको छ ।