आइसोलेसनमा राखिएका वीरगञ्जका एक युवकको मृत्यु

Newslaya Home

आइसोलेसनमा राखिएका वीरगञ्जका एक युवकको मृत्यु

मङ्गलबार ११, चैत २०७६

चितवन । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको मंगलबार(आज) विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षीय युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । सोमबार उनको स्वाबको नमुना संकलन गरिएको अस्पताल स्रोतले जनाएको छ ।