कोरोना पोजेटिभ देखिएकी युवतीको अवस्था सामान्य

Newslaya Home

कोरोना पोजेटिभ देखिएकी युवतीको अवस्था सामान्य

सोमबार १०, चैत २०७६

काठमाडौ । कोरोना संक्रमण देखिएर उपचाररत युवतीको स्वास्थ्य सामान्य रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जनाएको छ ।

अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले अहिले स्वास्थ अवस्था सामान्य रहेको बताए । ‘‘सात दिनमा नमुना पुनः परीक्षण गर्दा कोरोना नेगेटिभ देखिए, डिस्चार्ज गर्छौं,’ उनले भने, ‘‘उनले सात दिनमा पनि कोरोना पोजेटिभ देखिए, पुनः १४ दिन अस्पतालकै अनइसोलेसनमा राखेर उपचार हुनेछ ।’

फ्रान्सबाट कतार हुँदै गत ४ चैत्रमा नेपाल आएकी ती नेपाली १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् । उनको शुक्रबार नमुना संकलन गरेर टेकु अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । उनको रिपोर्ट आइतबार बेलुका पोजेटिभ आएको थियो ।