कोरोनाको आशंकामा तीन बालबालिका आइसोलेसनमा भर्ना

Newslaya Home

कोरोनाको आशंकामा तीन बालबालिका आइसोलेसनमा भर्ना

सोमबार १०, चैत २०७६

काठमाडौं । कोरोना भाइरसको आशंकामा महाराजगञ्‍जस्थित कान्ति बाल अस्पतालमा तीन जना बालबालिकालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

आइतबार एक जना र सोमबार दुई जना बालबालिकालाई आइोलेसन वार्डमा भर्ना भएको अस्पतालले जनाएको छ । उनीहरु चीन, भारत र कतारबाट फर्कीएका परिवारका बालबालिका रहेको अस्पतालका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बताए ।

चार वर्षमाथि उमेरका एक बच्चाको ज्वरो एक सय दुई भन्दामाथि रहेको बताइएको छ । उनीहरुबाट लिइएको स्वाब कोरोना भाइरस परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ । यसअघि पनि कान्तिको आइसोलेसनमा भर्ना भएका शंकास्पद दुई जना बालबालिकाको रिपोर्ट नेगेटिभ देखिएपछि घर फर्किएका थिए ।