काँग्रेसले टेलिभिजनमार्फत कोरोनाबारे सचेतना फैलाउने

Newslaya Home

काँग्रेसले टेलिभिजनमार्फत कोरोनाबारे सचेतना फैलाउने

सोमबार १०, चैत २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबारे सचेतना फैलाउन टेलिभिजनमार्फत सन्देश प्रशारण गर्ने भएको छ ।

सोमबारदेखि एक दर्जन टेलिभिजनमार्फत ५५ सेकेन्डको सचेतनामूलक भिडियो सन्देश प्रशारण गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले तयार पारेको भिडियो एक सातासम्म टेलिभिजनमार्फत प्रशारण गरिने छ ।

सूचना सञ्चार तथा प्रचार विभागले यसअघि युट्युवमार्फत चार मिनेट र एक मिनेटको कोरोना भाइरसविरुद्धको सचेतना जगाउने भिडियो सार्वजनिक गरेको थियो।