इटहरीका होटल १२ दिन बन्द गरिने

Newslaya Home

इटहरीका होटल १२ दिन बन्द गरिने

सोमबार १०, चैत २०७६

इटहरी । सुनसरीको इटहरी स्थित सञ्चालनमा रहेका होटलहरु बन्द हुने भएका छन् ।

सोमबार बसेको होटल ब्यबसायी संङघ इटहरीको बैठकले एक विज्ञप्ती जारी गर्दै २०७६ चैत्र ११ गतेबाट चैत्र २२ गतेसम्म सम्मका लागि होटल बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको माहामारी फैलिरहेको बेला सम्पूर्ण होटल व्यवसायीलाई होटल बन्द गरी सुरक्षित रहन आग्रह गरिएको हो । होटल ब्यबसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली तथा महासचिब उमानाथ दाहाल द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा सम्बन्धित घर धनिलाई भाडामा छुट दिन तथा बैंकलाई कर्जाको ब्याज छुट गरिदिन समेत आग्रह गरीएको छ ।

alt