चलचित्र ‘के घर के डेरा’को छायाँकन स्थगित

Newslaya Home

चलचित्र ‘के घर के डेरा’को छायाँकन स्थगित

सोमबार १०, चैत २०७६

काठमाडा‌ै । नेपाली कथानक चलचित्र ‘के घर के डेरा’ले छायाँकन स्थगित भएको छ ।

कोरोना त्रासका बीच राज्यले लचित्रका गतिविधि रोक्न आह्वान गरेको समयमा सतर्कता अप्नाउदै चलचित्र छायाँकनको काम स्थगित गरिएको हो ।

सबैको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले छायाँकन स्थगित गरिएको चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा) ले बताए । उक्त चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहनेछ ।


यसअघि उनीहरुले चलचित्र ‘जात्रै जात्रा’ मा सँगै काम गरेका थिए । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ । ‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् ।