विराटनगरमा मंगलबारदेखि अनिश्चितकालीन लकडाउन घोषणा

Newslaya Home

विराटनगरमा मंगलबारदेखि अनिश्चितकालीन लकडाउन घोषणा

सोमबार १०, चैत २०७६

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा अनिश्चितकालीन लकडाउन घोषणा गरिएको छ ।

सोमबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरी उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफलमा (भोलि) मंगलबारदेखि लकडाउन गरिने निर्णय भएको हो ।

‘जनताको स्वास्थ्यलाई ख्याल गर्दै संघसंस्थाका प्रतिनिधिसँग महानगरले छलफल गरि कोरोनाको सम्भावित संक्रमण रोक्न लक डाउनको निर्णय गरिएको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

त्काल आवश्यक नपर्ने क्षेत्रलाई बन्द गरि अस्पताल, औषधि पसल, खाद्यान्न, दूध, सागसब्जी, खानेपानी बिक्रीवितरण तथा उपलब्ध गराउने क्षेत्र खुला गरिने जनाइएको छ ।

महानगरभित्र मंगलबारदेखि नै उद्योग, कलकारखाना र पसल बन्द गर्ने, सवारी साधन नचलाइने निर्णय भएको छ । संकटको यो बेलामा गरिएको यो लकडाउन जनताले जनताकै लागि गरेको गेयर पराजुलीले दाबी गरेका छन् ।