क्वारेन्टाइनमा राखिएका पाँच सय व्यक्ति फरार

Newslaya Home

क्वारेन्टाइनमा राखिएका पाँच सय व्यक्ति फरार

सोमबार १०, चैत २०७६

नेपालगन्ज । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस स्थित क्वारेन्टाइनमा राखिएका ५ सय व्यक्तिहरु फरार भएका छन् ।

सोमबार दिउँसो नेपालगन्ज सिमा नाकाबाट उद्दार गरिएको सबै जसो युवाहरु फरार भएका हुन् ।

नेपालगन्जको सिमा नाका जमुनहामा प्रबेश गराएर स्वास्थ्य जाँच गराएका ८०० जनालाई क्वारेन्टाइनमा पुर्याइएको थियो । धेरै जसो क्वारेन्टाइनबाट भागेपछि अहिले २ सय देखि ३ सयसम्म जतिको संख्यामा क्वारेन्टाइनमा रहेका छन् ।

भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिम् तिरको पर्खालबाट भागेको बताइएको छ । अहिले क्वारेन्टाइनमा महिला, बच्चा–बच्ची लगायत वृद्धवृद्धा रहेका छन् ।