कोरोना कोषमा आफ्नो एक महिनाको तलब दिने सांसद यादवको घोषणा

Newslaya Home

कोरोना कोषमा आफ्नो एक महिनाको तलब दिने सांसद यादवको घोषणा

सोमबार १०, चैत २०७६

काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले कोरोना कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

आइतबार सरकारले मन्त्रीपरिषद्को बैठकबाट कोरोना भाइरसको संक्रमण न्युनीकरण तथा रोकथामका लागि ५० करोडको एउटा केन्द्रीय कोष घोषणा गरे सँगै सांसद यादवले आफ्नो एक महिनाको तलब दिने भएका हुन् ।

सोमबार पर्साको फुटपाथमा व्यापार गरिरहेकाहरुलाई हिजो सेनिटाइजर र मास्क वितरण गरेका सांसद यादवले सो कोषमा एक महिनाको तलब राख्ने घोषणा गरेका हुन् ।

सांसद यादवले विश्वभरी फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि सबैबाट सचेतना हुनुपर्ने कुरामा जोड दिँदै सरकारले स्थापना गरेको कोषलाई पनि बलियो बनाउन सर्वसाधारणमा आग्रह गरे ।

प्रधानमन्त्री र मन्त्रीहरुले एक–एक महिनाको तलब राख्ने निर्णय गरि निर्माण गरिएको कोरोना कोषमा आवश्यक परे सांसदहरुलाई पनि सो कोषमा रकम राख्नका लागि आग्रह गर्ने निर्णय भएको थियो ।