विराटनगरसँग जोडिएको जोगबनी नाका बन्द

Newslaya Home

विराटनगरसँग जोडिएको जोगबनी नाका बन्द

सोमबार १०, चैत २०७६

विराटनगर । विराटनगरसँग जोडिएको जोगबनी तथा आसपासका नाकाहरु सोमबार (आज) बिहानदेखि पूर्णरुपमा बन्द गरिएको छ । खुल्ला नाका पुर्ण बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ ।

भारतसंग विराटनगरका ४ वटा वडाको सिमा जोडिएको विराटनगर महानगरले सीमाबाट यात्रु आवागमन रोक्ने सरकारको निर्णयको स्वागत गरेको छ ।
विराटनगर महानगरको दक्षिणतर्फका चारवटा वडाहरु १५,१६,१७,१८ भारतको सिमासँग जोडिएको छ ।

यस संगै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आज चैत १० गते विहान १० बजेबाट १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको छ ।