उदयपुरमा सैनिक ब्यारेकलाई क्वारेन्टाइन बनाइयो

Newslaya Home

उदयपुरमा सैनिक ब्यारेकलाई क्वारेन्टाइन बनाइयो

सोमबार १०, चैत २०७६

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ बेलश्रोतमा रहेको सैनिक ब्यारेकलाई क्वारेन्टाइन बनाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई ध्यानमा राखी नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा झुल्केले आफ्नै ब्यारेक नै खाली गरि त्यहाँ ३४ वटा भवनमा २ सय बेडको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गरेको हो ।

व्यारेकमा रहेका नेपाली सेनालाई व्यारेकभन्दा एक किलो मिटर टाढा अस्थायी टहरा निर्माण गरि राखेर संक्रमण हुन नदिन न्यूनतम स्वास्थ्य मापदण्ड कायम गर्ने गरी ब्यारेकको ३४ वटा भवनलाई २०० बेड क्षमताको क्वारेन्टाइनमा परिणत गरिएको रणशार्दुल गण बेलसोत क्याम्पका सहायक सेनानी (क्याप्टेन) सुर्यबहादुर राईले बताए ।

नेपाली सेनाले स्थानीय सरकार र प्रदेश सरकारसँग समेत सहकार्य गरि निर्माण गरिएको क्वारेन्टाइनलाई विभिन्न कलष्टरमा विभाजित गरेर महिलालाई बेग्लै र पुरुषलाई बेग्लै क्षेत्रमा राख्ने गरी तयारी गरिएको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

सेनाको व्यारेक खाली गरेर क्वारेन्टाइन