इटहरीमा डेङगु नियन्त्रणका लागि विषादी छर्कन सुरु

Newslaya Home

इटहरीमा डेङगु नियन्त्रणका लागि विषादी छर्कन सुरु

सोमबार १०, चैत २०७६

इटहरी । सुनसरीको इटहरीमा डेङगु रोग नियन्त्रणका लागि विषादी छर्कन सुरु गरिएको छ ।

आइतबार साँझ देखि इटहरी उपमहानगरले डेङगुको प्रकोप नफैलियोस् भनेर ४ नम्बर वडाबाट लामखुट्टे मार्ने विषादी छर्कन सुरु गरेको हो । विषादी छिट्नको लागि दुईवटा गाडि तयार पारिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

अबको दुई दिन भित्र सबै वडामा लामखुट्टे मार्ने विषादी छर्कने योजना रहेको बताइएको छ ।