जनकपुरमा पोखरीमा डुबेर एक युवकको मृत्यु

Newslaya Home

जनकपुरमा पोखरीमा डुबेर एक युवकको मृत्यु

सोमबार १०, चैत २०७६

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकी सरोवरमा एक युवकको शव फेला परेको छ ।

सोमबार बिहान नुहाउनका लागि पोखरीको बीच भागसम्म पुगेर बाहिर निस्कन नसक्दा अन्दाजी ३० वर्षीय युवाको मृत्यु भएको हो ।

पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।