मकवानपुरमा हिरा लुट्ने प्रहरी र पत्रकार पक्राउ

Newslaya Home

मकवानपुरमा हिरा लुट्ने प्रहरी र पत्रकार पक्राउ

सोमबार १०, चैत २०७६

काठमाण्डौ । मकवानपुरमा हिरा लुट्ने तीन जना प्रहरी र एक पत्रकार पक्राउ परेका छन् ।

मकवानपुरको पालुङमा आइतबार राति एक महिलाको हिरा लुटेर काठमाडौं फर्कंदै गर्दा इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत असई सुरेन बस्याल, प्रहरी जवान वीरबहादुर बस्नेत, हेमकान्त मगर र पत्रकार सरोज आचार्य रहेका छन्।

अफ ड्यूटी भएको बेला उनीहरू मकवानपुर गएर लुटपाट गरेको महानगरीय प्रहरी कार्यालयकाले जनाएको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।