धरानमा एक चिनियाँ नागरिक पक्राउ, टाँडी लाने तयारी

Newslaya Home

धरानमा एक चिनियाँ नागरिक पक्राउ, टाँडी लाने तयारी

सोमबार १०, चैत २०७६

धरान । सुनसरीको धरानबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

सोमबार बिहान अस्पतालबाट भागेका चिनियाँ युवालाई धरानको चतरालाइनबाट पक्राउ गरिएको हो । चतरालाइनमा हिड्दै गरेको अवस्थामा फेला परेका उनलाई स्वास्थ्य परिक्षणको लागि धरानका मेयर तिलक राई सहितको टोलीले वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा लगिएको हो ।

वी पी प्रतिष्ठानको आइसोलेसनमा रहेका उनलाई मोरङको टाडी स्थित क्वारेनटाईनमा लान तयारी गरिदै गरेको बताइएको छ ।