ट्याक्टरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

Newslaya Home

ट्याक्टरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

सोमबार १०, चैत २०७६

महोतरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–८ स्थित ट्याक्टरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु भएको छ ।

तिव्र गतिमा आउँदै गरेको ज १ त ५२४१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मनरासिस्वा–८ कटैया गाउँका १४ वर्षीय मन्जर अंसारीको ज्यान गएको हो ।

आफ्नै घर अगाडि उभिरहेका अवस्थामा पछाडीबाट ठक्कर दिँदा गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य क्लिनिकमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।