महोत्तरीमा एक बालकको शव प्रहरीको नियन्त्रणमा

Newslaya Home

महोत्तरीमा एक बालकको शव प्रहरीको नियन्त्रणमा

सोमबार १०, चैत २०७६

महोतरी । महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित एक बालककोशव फेला परेको छ ।

घाँटी थिचेर हत्या गरिएको अवस्थामा सम्सी–२ पर्सादेवाड गाउँका १३ वर्षीय मजिबुल अंसारीको शव फेला परेको हो । अंसारीका आफन्तहरुले भने उनकी भाऊजुले घाँटीमा खुट्टाले थिचेर हत्या गरेको आरोप लगाएका छन् ।

प्रहरीले अंसारीको शव आफन्तहरुले जातीय संस्कार अनुसार स्थानीय कब्रगाह (चिहान) मा गाडिरहेको अवस्थामा नियनत्रणमा लिई घटनाबारे थप अनुसन्धान समेत अगाडि बढाइ सकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए ।

जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको अंसारीको शवको घाँटीमा दुवैतिर थिचिएको निलडाम समेत देखिएको प्रहरीले जनाएको छ ।