विदेशबाट काठमाडौं आएकी नेपाली विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि

Newslaya Home

विदेशबाट काठमाडौं आएकी नेपाली विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि

सोमबार १०, चैत २०७६

 

काठमाण्डौ । फ्रान्सबाट काठमाडौं आएकी एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार(आज) उक्त जानकारी दिएको हो ।

गत मंगलवार फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएर होम क्वारेन्टाइनमा बसेका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ भेटिएको र सम्बन्धित देखिएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिइएको छ ।

कोरोना संक्रमित १९ वर्षीय युवती रहेको जानकारी दिइएको छ । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।