टेलिसिरियल ‘सक्किगोनी’ को प्रशारण स्थगित

Newslaya Home

टेलिसिरियल ‘सक्किगोनी’ को प्रशारण स्थगित

सोमबार १०, चैत २०७६

काठमाडौ । नेपाली हास्यव्यङ्ग्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण स्थगित हुने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण छायाँकन गर्न नसकिने भएकाले केही समयका लागि स्थगित गरिएको हो ।

सरकारले गरेको आह्वानलाई आत्मासात् गर्दै छायांकन रोकिएको निर्माता ‘सक्किगोनी’ का निर्देशक तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले बताए । उनले फेसबुकमा लेखेका छन्, ‘आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षित र सजग रही धैर्यवान रहनुहुन अनुरोध गर्दै सुस्वास्थ्यको कामना गर्दछौँ । परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौँ ।’