कोरोना भाइरसका कारण जापानमा एकै दिन पाँच जनाको मृत्यु

Newslaya Home

कोरोना भाइरसका कारण जापानमा एकै दिन पाँच जनाको मृत्यु

सोमबार १०, चैत २०७६

काठमाण्डौ । कोरोना भाइरसका कारण जापानमा एकै दिन पाँचजनाको मृत्यु भएको छ ।

आइतबार कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको जापानी अधिकारीहरुले जनाएका छन् । जापानमा कोरोनाका कारण एकैदिन मृत्यु हुनेमा यो नै अहिलेसम्मको ठूलो संख्या हो ।

जापानको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएअनुसार जापानमा हालसम्म कोरोना संक्रमणका कारण ४९ जनाको मृत्यु भइसकेको छ । जापानमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय पुगेको छ । तीमध्ये ७ सय १२ जना डाइमण्ड क्रुज जहाजका यात्री हुन् ।