इटालीमा उपचारपछि ९५ वर्षीया वृद्धा कोरोना भाइरस मुक्त

Newslaya Home

इटालीमा उपचारपछि ९५ वर्षीया वृद्धा कोरोना भाइरस मुक्त

सोमबार १०, चैत २०७६

काठमाण्डौ । इटालीमा कोरोनाबाट संक्रमित एक ९५ वर्षीया वृद्धा उपचारपछि भाइरस मुक्त भएकी छिन् । फनानो बस्ने ती वृद्धामा गत महिना भाइरसको संक्रमण देखिएको थियो।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै इटाली हाल ‘लकडाउन’ मा छ । भाइरसको कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय नाघेसँगै इटाली सरकारले कसैलाई पनि घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ।

इटालीमा करिब ६० हजारजनामा भाइरसबाट संक्रमित भएका छन्। गएको २४ घण्टामा मात्रै ६ सय ५१ जनाको भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

चीनको वुहानबाट फैलिएको भाइरसका बारण इटालीमा सबैभन्दा धेरै मानिस प्रभावित भएका छन्। चीनभन्दा इटालीमा भाइरसबाट मृत्यु हुनेको संख्या उच्च रहेको छ। मृत्यु हुनेमा अधिकांश वृद्धवद्धाहरु रहेका छन्।

हाल ती वृद्धालाई डिस्चार्ज गरिएको बताइएको छ। अस्पतालले ‘एन्टी भाइरल थेरेपी’ को माध्यमबाट ती वृद्धालाई भाइरस मुक्त बनाउ सफल भएको दाबी गरेको छ।