धरानमा ‘लक डाउन’को घोषणा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

Newslaya Home

धरानमा ‘लक डाउन’को घोषणा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सोमबार १०, चैत २०७६

धरान । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नकालागी धरान उपमहानगरपालिकाले ‘लक डाउन’ मा जाने निर्णय गरेको छ । भाइरसको सम्भावित संक्रमणबाट बच्नकोलागी लक डाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाले जनाइएको छ ।

लकडाउनका घोषणा भएसँगै धरानबाट विभिन्न स्थानमा छुट्ने कुनैपनि सवारी साधनहरु चलेका छैनन् । भानुचोक स्थित बसपार्क अहिले खाली गरिएको छ । तर काठमाडौ, पोखरा लगायतबाट रात्री बसमा आएका यात्रुहरु भने भानुचोकमा अलपत्र परेका छन् । अलपत्र परेका यात्रुलाई भने गन्तव्यमा पु¥याउने व्यवस्था गरिने धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताएकी छन् ।

अहिले धरानमा भएका यात्रुहरुलाई सम्बन्धित गन्तव्यमा पु¥याउने व्यवस्था मिलाएर २१ गतेसम्मकालागी लक डाउन गरिएको छ । नगरबासीहरुलाई कोरोनाको सम्भावित जोखिमबाट बच्नकोलागी घर बाहिर ननिस्कन समेत उपमेयर भण्डारीले आग्रह गरेकी छन् ।