आजबाट आन्तरिक हवाई भाडा ३६ प्रतिशतसम्म छुट

Newslaya Home

आजबाट आन्तरिक हवाई भाडा ३६ प्रतिशतसम्म छुट

सोमबार १०, चैत २०७६

काठमाण्डौ । कोरोना भाइरसको प्रभावका कारण हवाई यात्रु घटेपछि आन्तरिक वायुसेवाले हवाई भाडामा ३६ प्रतिशतले छुट दिने निर्णय गरेका छन् ।

छुट दिएको हवाई भाडा सोमबार(आज) बाट लागू भएको वायुसेवा संचालक संघले जानकारी दिएको छ । सरकारले लामो दूरीको सवारी साधनलाई आजबाट रोक लाएपछि आन्तरिक उडानका यात्रु बढेको भन्दै वायुसेवा कम्पनीले भाडा बढाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिबार तत्कालका लागि अधिकतमको सीमा घटाएर सुहलियत भाडादर कामय गर्न निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशनपछि एयरलाइन्स कम्पनीहरूले आइतबार नै नयाँ भाडादर सार्वजनिक गरेका हुन् । वायुसेवा सञ्चालक संघले घटेको भाडाडर आजदेखि लागू भएको जानकारी दिएको छ ।