अमेरिकामा एक जना नेपालीमा देखियो कोरोना

Newslaya Home

अमेरिकामा एक जना नेपालीमा देखियो कोरोना

सोमबार १०, चैत २०७६

काठमाडौँ । अमेरिकामा एक जना नेपालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालक कोरोना संक्रमणको पुष्टि भएको हो । अहिले एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको बताइएको छ ।

केही दिनदेखि उनलाई ज्वरो आएको र उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो । फ्लोअपमा बोलाएर एन्टीबायोटिक औषधी दिएको थियो तर एन्टीबायोटिक औषधी खाइसकेपछि झन् च्यापेपछि उनीहरु हिडेरै ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सीटीएमडीमा गएका थिए ।

त्यहाँ गएर चेक गर्दा अक्सिनको लेभल कम देखिएको र निमोनियाको संक्रमण भएको बताएको थियो । उनको उपचार भइराखेको बताइएको छ ।