क्रोएशियामा भूकम्पको धक्का, १६ जना घाइते

Newslaya Home

क्रोएशियामा भूकम्पको धक्का, १६ जना घाइते

सोमबार १०, चैत २०७६

काठमाडौं । क्रोएशियामा आइतबार भूकम्प जाँदा १६ जना घाइते भएका छन् । ५.३ म्याग्निच्युडको भूकम्पले राजधानी जाग्रेभका चर्चलगायतका भौतिक संरचनामा क्षति पुगेको छ ।

स्थानीय समयअनुसार बिहान ६ बजे आएको भूकम्पपछि स्थानीय बासिन्दाहरु सडक तथा खुला स्थानतर्फ भागेका थिए। भूकम्प जाग्रेभमा १४० वर्षयताकै ठूलो भएको बताइएको छ।

रक्षामन्त्री डेभोर बोजिनोभिकले कोरोना भाइरसको संक्रमण भइरहेका बेला एकैठाउँमा भेला नहुन आग्रह गरेका छन्। क्षतिग्रस्त स्थलको प्रधानमन्त्री एन्ड्रेज प्लेनकोभिकले निरीक्षण गरेका छन्।

भूकम्पको धक्का दक्षिण अस्ट्रिया र स्लोभेनियासम्म महसुस गरिएको थियो।