कोरोना त्रास : कोलम्बियाको कारागारमा भागदौड हुँदा ३२ को मृत्यु, ८३ घाइते

Newslaya Home

कोरोना त्रास : कोलम्बियाको कारागारमा भागदौड हुँदा ३२ को मृत्यु, ८३ घाइते

सोमबार १०, चैत २०७६

एजेन्सी । कोरानोको त्रासका कारण कोलम्बियाको एक कारागारमा भएको भागदौडमा २३ जना कैदीको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् ।

देशभरका कैदी बन्दीले आफूहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दा विरोध गरेपछि भएको घटनाबारे छानविन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घटनामा गम्भीर घाइते भएका ३२ जना कैदी र सात जना सुरक्षाकर्मीको उपचार भइरहेको छ ।

कोरोनाबाट बच्न कारागारमा सम्पूर्ण सुरक्षाका उपायहरु अपनाइएपनि अप्रत्यासित रुपमा घटना गराइएको सरकारी अधिकारीहरुको दाबी छ ।

घटना लगत्तै ठूलो संख्यामा कैदी बन्दीका आफन्तहरु कारागार बाहिर भेला भएको समाचारमा जनाइएको छ ।

देशभर रहेका एक सय ३२ कारागारको क्षमता ८१ हजार रहेपनि एक लाख २१ हजार कैदी राखिएको न्याय मन्त्रालयले जनाएको छ ।