धुर्मुस सुन्तली ‘सेल्फ क्वारेनटाइन’मा

Newslaya Home

धुर्मुस सुन्तली ‘सेल्फ क्वारेनटाइन’मा

आइतबार ०९, चैत २०७६

काठमाडौं । अभियन्ता तथा कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सेल्फ क्वारेनटाइनमा बसेका छन् । उनीसँगै कलाकार कुमार कट्टेल पनि क्वारेनटाइनमा बसेका छन् ।

धुर्मुस–सुन्तलीले भिडियो सन्देश दिँदै आफूहरु क्वारेनटाइनमा बसेको बताएका छन् । कुमार कट्टेलले सबैजना होम क्वारेनटाइनमा बस्न अनुरोध गरेका छन् ।

‘क्वारेनटाइनमा बसेर सरकारलाई सहयोग गरौं, सामाजिक सञ्जालमा अफवाह नफैलाऊँ,’ कुट्टेलले भने ।

यस्तै धुर्मुसले आत्मबल बढाउन र निराश नहुन सबैलाई अनुरोध गरेका छन् । उनले संयमित र सावधानी भएर बस्न सबैलाई अनुरोध गरेका छन् ।

कुञ्जनाले पनि भिडियो सन्देशमार्फत सबैलाई आफ्नो ख्याल गर्न अनुरोध गरेकी छिन् ।

कोरोना भाइरसको सन्त्रासका कारण धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित भएको थियो ।