कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एक डाक्टरको मृत्यु

Newslaya Home

कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एक डाक्टरको मृत्यु

आइतबार ०९, चैत २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरसको उपचारपछि आफै संक्रमित भएका ती डाक्टरको मृत्यु भएको हो । फ्रान्सका स्वास्थ्यमन्त्री ओलीभर भिराउनले यसको पुष्टि गरेका हुन् ।

फ्रान्समा ४५० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् भने १२ हजार ४ सय ७५ रहेका छन् । विश्वभर कोरोनाबाट ३ लाख १७ हजार संक्रमित भएका छन् भने १३ हजार ६ सय ४२ को मृत्यु भइसकेको छ ।