मर्स्याङ्दी नदीमा बस खस्दा दुई जनाको मृत्यु, १२ घाइते

Newslaya Home

मर्स्याङ्दी नदीमा बस खस्दा दुई जनाको मृत्यु, १२ घाइते

आइतबार ०९, चैत २०७६

कास्की । तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा दुई जनाको मृत्यु भएको छ ।

यस्तै, १२ जना घाइते भएको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए । पोखराबाट नेपालगन्जका लागि छुटेको ना ५ख ४२९४ नम्बरको यात्रुवाहक बस नदीमा खसेको हो ।

बस सडकबाट झन्डै सय मिटर तल नदीमा खसेको जनाइएको छ । दुर्घटना भएको बसमा कति यात्रु सवार थिए भन्ने स्पष्ट नभएको बताइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।