इटहरीमा डेङगु नियन्त्रण सुरु

Newslaya Home

इटहरीमा डेङगु नियन्त्रण सुरु

आइतबार ०९, चैत २०७६

इटहरी । इटहरी उपमहानगरपालिकाले डेङगु नियन्त्रणका लागि लामखुट्टेमार्ने विषादी छर्कन सुरु गरेको छ ।

उपमहानगरले आईतबार साझ देखि ४ नम्बर वडाबाट लामखुट्टे मार्ने विषादी छर्कन सुरु गरेको हो । दुइवटा गाडीबाट इटहरी–४ भरि विषादी छिटने उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

उनका अनुसार २० दिनभित्र सबै वडामा लामखुट्टे मार्ने विषादी छर्कने काम सकिनेछ ।