इटहरीको साप्ताहिक हाटबजार बन्द गरियो

Newslaya Home

इटहरीको साप्ताहिक हाटबजार बन्द गरियो

आइतबार ०९, चैत २०७६

इटहरी । सुनसरीको इटहरी उपमहानगरभित्र लाग्ने हाटबजारहरू अनिश्चितकालको लागि बन्द गरिएको छ ।

उपमहानगरले सूचना जारी गर्दै इटहरीका सबै ठाँउहरुमा लाग्ने साप्ताहिक हाटबजार बन्द भएको जनाएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न हाटबजार नलगाउन र नजान सम्बन्धित सबैलाई आग्रह गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साप्ताहिक हाटबजार बन्द गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

इटहरी उपमहानगरले विभिन्न तालिम सम्बन्धि कार्यक्रमहरू चैत मसान्त सम्म रोक्न आग्रह गरेको छ । सिनेमा हल, जिमखाना, डान्सवार, क्लब लगायत पनि चैत मसान्त सम्म सञ्चालन नगर्न निर्देशन दिइएको हो ।