अफगानिस्तानमा भिडन्त हुँदा २८ जानको मृत्यु

Newslaya Home

अफगानिस्तानमा भिडन्त हुँदा २८ जानको मृत्यु

आइतबार ०९, चैत २०७६

एजेन्सी । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भिडन्त हुँदा २८ जनाको मृत्यु भएको छ ।

आइतबार भएको झडपमा परी चार जना सुरक्षाकर्मी र २४ जना लडाकूको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

तालिबान लडाकूले सुरक्षाचौकीमा आक्रमण गर्ने क्रममा भएको भिडन्तमा अन्य २६ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता इश्मातुल्लाह मुरादीले जानकारी दिए ।

गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र तालिबान लडाकू समूहबीच शान्ति सम्झौता भए पनि अफगानिस्तानमा हिंसात्मक घटना रोकिएका छैन । अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका पाँच हजार लडाकूलाई बिनाशर्त मुक्त गर्न अफगान राष्ट्रपति अस्रफ घानी सहमत नभए पछि पुनः हिंसात्मक झडप जारी रहेका छन् ।