धनकुटाका लिलाराजले क्वारेनटाइनका लागि निःशुल्क कोठा दिने

Newslaya Home

धनकुटाका लिलाराजले क्वारेनटाइनका लागि निःशुल्क कोठा दिने

आइतबार ०९, चैत २०७६

धनकुटा । धनकुटाको भेडेटार स्थित होटल लावती कर्नरका संचालक लिलाराज लावतीले क्वारेनटाइनका लागि निःशुल्क होटलको कोठा उपलब्ध गराउने भएका छन् ।

उनले कोरोना भाइरसको संक्रमणले विश्वलाई नै आक्रान्त पारिरहेका बेला सहयोग गर्नु मानवीय कर्तव्य भएकाले क्वारेनटाइनका लागि होटलका पाँच वटा कोठा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

पूर्वी नेपालको प्रमुख पर्यटकीयस्थल, धेरै मानिसको भीडभाड हुने ठाँउ र धनकुटा प्रवेशको प्रमुख नाका भएकाले भेडेटारमा कोरोनाको उच्च सर्तकता अपनाउनुपर्ने भएपनि हालसम्म सतर्कता सम्बन्धि ठोस काम नहुँदा जोखिम बढेको भन्दै होटल व्यावसायी लावतीले प्रशासनले समन्वय गरेमा क्वारेनटाइनका लागि आवश्यक कोठा दिन तयार रहेको बताए ।