प्रदेश एकको पाँच नाका बाहेक सबै बन्द

Newslaya Home

प्रदेश एकको पाँच नाका बाहेक सबै बन्द

आइतबार ०९, चैत २०७६

विराटनगर । प्रदेश एक सुरक्षा समितिको बैठकले प्रमुख ५ वटा नाकाबाहेक सबै नाकाहरू बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार मुख्यमन्त्री शेरधन राईसहित बसेको सुरक्षा समितिको बैठकले विश्वका १८३ देशमा फैलिएको कोराना भाइरस (कोभिड–१९) बाट बच्न उच्च सर्तकर्ता अपनाउदैँ ठुला नाका बाहेकका सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

तेस्रो मुलुकबाट आउनेलाई पुर्णरुपमा प्रवेश निषेध हुने प्रमुख नाकाहरूबाट कडा सुरक्षा व्यवस्था र स्वास्थ्य जाँच गरेर नेपालीहरूलाई मात्र प्रवेश दिइने भएको छ ।

प्रमुख ५ नाकाहरू जोगवनी, झापाको काँकडभिट्टा र गौरीगञ्ज, इलामको पशुपतिनगर र सुनसरीको भन्टावारिमा भने सुरक्षाकर्मी परिचालन गरि खुला गरिने बताइएको छ ।