बिहारमा कोरोनाका कारण एक जनाको मृत्यु

Newslaya Home

बिहारमा कोरोनाका कारण एक जनाको मृत्यु

आइतबार ०९, चैत २०७६

काठमाण्डौ । भारतको बिहारमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ। आइतबार (आज) बिहारमा एक जनाको मृत्यु भएको हो भने अर्का एक जनामा संक्रमण देखिएको जनाइएको छ ।

कतारबाट फर्किएका ३८ वर्षीय एक व्यक्तिको मृत्यु भएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । ती व्यक्तिलाई गत शुक्रबार अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स पटनामा भर्ना गरिएको थियो। उनको मिर्गौलासम्बन्धी समस्या रहेको बताइएको छ।

भारतमा आइतबारसम्म ३ सय २४ जना कोरोना भाइरस संक्रमित भएका छन्।