कैलालीमा विस्फोट हुँदा एक जनाको मृत्यु

Newslaya Home

कैलालीमा विस्फोट हुँदा एक जनाको मृत्यु

आइतबार ०९, चैत २०७६

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट हुँदा एक जनाको मृतयु भएको छ ।

विकट क्षेत्र रहेकोे फुलबस्तीमा विस्फोट हुँदा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो ।

अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको र गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए । उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले जानकारी दिए ।