कोरोनाको आशंकामा सुदूरपश्चिमकी महिला सांसद अस्पताल भर्ना

Newslaya Home

कोरोनाको आशंकामा सुदूरपश्चिमकी महिला सांसद अस्पताल भर्ना

आइतबार ०९, चैत २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएको आशंकामा सुदूरपश्चिम प्रदेशसभाकी एक महिला सांसदलाई अस्पताल भर्ना गरिएको छ ।

नाम सार्वजनिक नगरिएको उनलाई रुघाखोकी र ज्वरो देखिएपछि शुक्रबार सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको हो । उनको नमुना संकलनका लागि काठमाडौं पठाइएपनि रिपोर्ट आइनसकेको बताइएको छ ।
अस्पताल र प्रहरी स्रोतले सासंद भर्ना भएको पुष्टि गरेको छ ।