जनकपुरबाट मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने चार जना पक्राउ

Newslaya Home

जनकपुरबाट मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने चार जना पक्राउ

आइतबार ०९, चैत २०७६

जनकपुरधाम । धनुषाको जनकपुरधामबाट मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुगमनका क्रममा मास्क र सेनिटाइजरमा कालोबजारी गर्न चार जनालाई पक्राउ गरेको हो ।

कोरोनाको संक्रमण फैलिन नदिन चौतर्फी प्रयास भइरहेको अवस्थामा मास्कमा कालोबजारी गरेको आरोपमा जनकपुरधाम ४ स्थित सुस्मिता मेडिकलका सञ्चालक सर्लाहीको बरहथवा नगरपालिका ८ का संजय साह र जनकपुरधााम ४ स्थित सम्पूर्ण मेडिकलबाट सोही ठाउँका ३२ वर्षीय संजय साह पक्राउ परेका हुन् ।

यस्तै, जनकपुरकै भ्रमरपुरा चोकस्थित अटल फार्मेसीबाट धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २६ वर्षीय अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका ६ बस्ने ३० वर्षीय प्रभन्स चौधरीलाई सेनिटाइजरमा कालोबजारी गरेको आरोपमा पक्रँउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।