भोलीदेखि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

Newslaya Home

भोलीदेखि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

आइतबार ०९, चैत २०७६

काठमाण्डौ । सरकारले सोमबार (भोली) देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ ।

काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने भएको हो । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।