प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

Newslaya Home

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

आइतबार ०९, चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएकान हुन् । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।

आइतबारको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमण नेपालमा आउन नदिनका लागि गरेको कामको बारेमा समिक्षा गरिने बताइएको छ ।
यसबीचमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधनसमेत गरिसकेका छन् । मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ ।