बहराइनमा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण

Newslaya Home

बहराइनमा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण

आइतबार ०९, चैत २०७६

काठमाण्डौ । वैदेशिक रोजगारीका लागी बहराइन पुगेका दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ।

दुई नेपालीमा संक्रमण देखिएको नेपाली दूतावासले जानकारी दिएको हो । यसअघि युनाइटेड अरब इमिरेट्समा दुई जना र अष्ट्रेलियामा एक जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो।

केही साताअघि बहराइन हिँडेका ३० जना नेपालीलाई युनाइटेड अरब इमिरेट्सले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै नेपाल फिर्ता पठाएको थियो।

बहराइनमा अहिले ३५ हजार नेपाली कार्यरत छन्। पछिल्लो तथ्याङ्कअनुसार बहराइनमा अहिले ३ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भइसकेको छ। ब