कोरोना नियन्त्रणका लागि भारतमा ‘जनता–कर्फ्यु’

Newslaya Home

कोरोना नियन्त्रणका लागि भारतमा ‘जनता–कर्फ्यु’

आइतबार ०९, चैत २०७६

एजेन्सी । भारतमा कोरोना संक्रमण महामारी नियन्त्रणका लागि ‘जनता–कर्फ्यु’ लगाइएको छ ।

आइरतबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा अत्यावश्यक नपरीकन घरबाहिर ननिस्कने गरि जनता कर्फ्यु लगाइएको हो ।

आइतबार देखि बिहान ७ बजेदेखि राति ९ बजेसम्म घरबाहिर ननिस्सकन आह्वान गरिएको छ । दिनहुँ हजारौं गाडी गुड्ने भारतको राजधानी रहेको दिल्लीलगायत पूरै देश बन्द भएको छ ।

कोरोना भाइरसबाट भारतमा आइतबार बिहानसम्म ३ सय जना संक्रमित भइसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ ।