माछा पोखरीमा डुबेर नाबालकको मृत्यु

Newslaya Home

माछा पोखरीमा डुबेर नाबालकको मृत्यु

आइतबार ०९, चैत २०७६

इलाम । इलाम नगरपालिका–९ साखेजुङ स्थित माछा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

शनिबार दिउँसो खेयिलरहेको बेला अचानक घर नजिकै रहेको पोखरीमा डुबेर स्थानीय दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको मृत्यु भएको हो ।

माछा पोखरीमा डुबिरहेको अवस्थामा फेला पारी अभिभावकले उपचारको लागी जिल्ला अस्पताल ईलाम लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।