इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

Newslaya Home

इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

आइतबार ०९, चैत २०७६

इटहरी । सुनसरीको इटहरी चोक स्थित बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको छ ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ६ ख ६१८२ नम्बरको बसले को ३९ प १०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरी–९ का राम कुमार राई र खड्गकला राई सामान्य घाइते भएका हुन् ।

घाइते दुवैको उपचारको लागि इटहरी स्थित एपेक्स अस्पताल लगिएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।