कोरोना भाइरसः चीनमा थप ६ को मृत्यु, ४६ नयाँ संक्रमित

Newslaya Home

कोरोना भाइरसः चीनमा थप ६ को मृत्यु, ४६ नयाँ संक्रमित

आइतबार ०९, चैत २०७६

बेइजिङ । चीनमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका ४६ नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ४५ अन्य देशबाट आएका यात्रुमा संक्रमण पुष्टि भएको हो।

शनिबार मध्यरातीसम्ममा भाइरसबाट थप ६ जनाको ज्यान गएको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेको छ। यससँगै चीनमा भाइरस संक्रमणबाट मर्नेको संख्या ३ हजार २६१ पुगेको छ। यसैगरी ८१ हजार ५४ मा संक्रमण पुष्टि भएको छ।

गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको भाइरस अहिलेसम्म १८४ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। साथै १३ हजार ४९ को ज्यान गइसकेको छ ।