ट्रकको ठक्करबाट उदयपुरका बाबुछोराको मृत्यु

Newslaya Home

ट्रकको ठक्करबाट उदयपुरका बाबुछोराको मृत्यु

आइतबार ०९, चैत २०७६

उदयपुर । मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नंको मोटरसाइकल एकआपसमा आइतबार(आज) बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार एकै परिवारका तीन घाइते भएका थिए ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । मृत्यु हुनेमा उदयपुर रौतमाई गाउँपालिका–४ का ३५ बर्षीय मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उनका पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन्।

एकै परिवारका पति,पत्नी र छोरा सवार रहेका मध्ये पत्नी घाइते सुनिता श्रेष्ठको सोही अस्तालमा उपचार भइरहेको र मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ।