विराटनगरका हेल्थडेस्कबाट ६० हजारको स्वास्थ्य परीक्षण

Newslaya Home

विराटनगरका हेल्थडेस्कबाट ६० हजारको स्वास्थ्य परीक्षण

आइतबार ०९, चैत २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–जोगबनी भारतीय नाकासहित चार स्थानमा हेल्थडेस्कको स्थापना गरेको छ । डेस्कमा खटिएका स्वास्थ्यकर्मीले अहिलेसम्म ६० हजार भन्दा धेरै मानिसको स्वास्थ्य परीक्षण गरेको जनाइएको छ ।

कोरोना भाइरसको त्रासका कारण भारतबाट सडक मार्ग हुँदै नेपाल प्रवेश गर्ने सर्वसाधारणको संख्या कमी भए पनि वारिपारि गर्ने नेपालीको सीमामा दैनिक स्वास्थ्य परीक्षण हुँदै आएको छ ।

विराटनगर बसपार्कमा आइतबार (आज) बिहानबाट र एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बुधनगरमा पनि हेल्थडेस्क संचालन गर्ने तयारी थालेको छ ।
यसअघि विराटनगर विमानस्थलमा पनि महानगरले हेल्थडेस्क राखेर यात्रुको ज्वरो र स्वास्थ्य परीक्षण गराइरहेको छ ।