कोरोनाको आशंका लागेमा ११८० मा फोन गर्न आग्रह

Newslaya Home

कोरोनाको आशंका लागेमा ११८० मा फोन गर्न आग्रह

आइतबार ०९, चैत २०७६

काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पारेको छ ।

महानगरालिकाले कोरोनाको आशंका देखिएमा उनीहरुको तत्काल उद्धारका लागि तालिम प्राप्त स्वास्थ्य सेवाकर्मीहरू तयारी अवस्थामा राखिएको जानकारी दिएको छ ।

महानगरपालिकाका मेयर विद्या शुन्दर शाक्यले कसैलाई कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् ।

प्रमुख शाक्यले विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन् ।

एम्बुलेन्स र तालिम प्राप्त स्वास्थ्य आकस्मिक सेवाकर्मीहरू तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।